जन सरोकार

अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो ९ सय ५० ग्रामसहित रूकुम पश्चिम सानो भेरी गाउँपालिका-५ बस्ने ३४ वर्षीय बम बहादुर पुन पक्राउ परेका छन् ।

चरेश

बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका पुनलाई उक्त पर्दाथसहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा सोही ठाउँस्थित घर भाडा लिई बस्ने रूकुम पश्चिम सानो भेरी गाउँपालिका-६ कोतगाउँ घर भएका ३० वर्षीय तिलक पुनको घर तलासी गर्दा लुकाई छिपाई राखेको ४ किलो चरेस जस्तो देखिने पर्दाथ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.