विश्व समाचार

गाजाको शरणार्थी शिविरमा आक्रमण, सात बालबालिकासहित १३ को मृत्यु

मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

गाजाको शरणार्थी शिविरमा आक्रमण

प्रत्यक्षर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मृत मानिसहरु भुइँमा लडिरहेको देखाएका थिए । यसैगरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र शवको व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् ।

सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउदै आक्रमणपछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका बताउनुभयो ।

अल–अक्सा शहीद अस्पतालबाट सिएनएनबाट खिचिएको फुटेजमा आकस्मिक कक्ष हताहत र घाइते व्यक्तिहरूलले भरिएकोे देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए । अस्पतालकोे भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ ।

“कसैसँग कुनै सम्बन्ध छैन, उनीहरू नागरिक हुन् कृपा गर तिमीहरूले बच्चाहरूलाई मार्दैछौ, सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकाहरूलाई मार्दैछौ ।” अर्का प्रत्यक्षदर्शीले भन्नुभयो अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दु:खका साथ दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेका थिए । इजरायल र हमासबीच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित युएन वुमनको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा युद्धको छ महिनामा गाजामा दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको सिएनएनले जनाएको छ ।

प्रतिवेदनका अनुसार द्वन्द्वका कारण गाजा पट्टीमा दस लाख भन्दा बढी प्यालेस्टिनी महिला तथा बालबालिका खाना, पिउने पानी नभएका कारण ‘विनाशकारी भोकमरी’ को सामना गरिरहेका छन्, जसले उनीहरुको जीवनलाई थप जोखिममा पार्ने खतरा सिर्जना गरेको छ । उनीहरूले शौचालयको पहुँचसमेत पाएका छैनन् । गाँजामा पछिल्लो समयमा प्रत्येक दस मिनेटमा एक बच्चा घाइते वा मृत्यु हुन्छ ।

यसैबीच इजरायली रक्षा बलले गाजामा नागरिकहरूको क्षति कम गर्ने प्रयास गरिरहेको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.