विश्व समाचार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि

नेपालको दक्षिणी छिमेकी देश भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ ।

कुल सङ्क्रमित मध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.