क्रिकेटखेल

एसिसी प्रिमियर कप आजबाट, नेपाल र मलेसिया भिड्दै

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै छ । बैशाख ५ देखि बैशाख १८ गते सम्म हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा हुनेछ ।

आज (मंगलबार) हुने खेलमा नेपाल र मलेसिया त्रिवि क्रिकेट मैदानमा र मुलपानीमा हङकङ र सिंगापुर भिड्दै छन् । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो ।

पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ, तेस्रो खेल साउदी अरेबियासंग मुलपानी मैदानमा वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ ।

दुवै मैदानमा हरेक दिन समान १-१ खेल हुनेछन् भने फाइनल खेल भने त्रिवि मैदानमा हुनेछ । एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.