राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ता र गण्डकको विषय उठाउनुपर्छ : विनोद चौधरी

विश्वका खर्बपतिहरुमध्येका एक उद्योगी, व्यवसायी तथा प्रतिनिधिसभा सदस्य विनोदकुमार चौधरीले गण्ड र कोशी ब्यारेजका संरचना जीर्ण भएको र यसको मर्मतका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाइनुपर्ने मग पनि गर्नुभयो ।

सांसद चौधरीले पचास वर्षदेखि बर्दघाट सुस्ता पश्चिमका जनताले निरन्तर पीडा, आक्रोश, उपेक्षा र चरम दुःख भोगिरहेको स्मरण गराउँदै सो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो- “हरेक वर्ष सुस्ता र गण्डकको बाढीका कारण हजारौं परिवारको खेत डुबानमा पर्छ, ठूलो जनधनको क्षति हुन्छ । पाँच दशक पूराना संरचना जीर्णोद्धार गर्ने विषय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा महत्वपूर्ण एजेन्डाका रुपमा उठाइनुपर्छ ।”

यसै गरी सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको पाँच वर्षसम्म पनि बन्न नसक्नुको कारण खोजिनुपर्ने बताउनुभयो ।

“सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ? तत्कालीन प्रदेशसभाको दुई तिहाइले गोदावरीलाई प्रदेश राजधानी भन्यो । २०७५ सालमा राजधानी घोषणा भएर पनि अहिलेसम्म निर्माण हुन नसक्नुको कारण के हो ?” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.