जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३१ डेरा गरी बस्ने सोलखुम्बु घर भएका ५० वर्षीय राम सन्यासी आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै अर्घाखाँची, मालारानी गाउँपालिका-६ साकिन धारास्थित खरबारी नजिक गुल्मी धुर्कोट गाउँपालिका-७ समभोमर बस्ने १७ वर्षीया रोशनी राना मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै तनहुँ, आबुखैरेनी गाउँपालिका-३ आँबुस्थित जंगलमा गोरखा सहिदलखन गाउँपालिका-३ सिलिङ बस्ने २२ वर्षीय अमन गुरूङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता स्याङ्जा, कालीगण्डकी गाउँपालिका-७ आधीमुहानस्थित कालीगण्डकी नदीको किनारमा पर्वत बिहादी गाउँपालिका-३ कोडादी बस्ने ४२ वर्षीय पप्पु भन्ने लक्ष्मण पराजुली बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.