साहित्य

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ ।

जानकी साहित्यिक पुरस्कार

‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार गुल्मीमा जन्मेर निरन्तर सृजनामा लाग्नुभएका स्रष्टा भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताउनुभयो ।

गुल्मीको सत्यबती गाउँपालिकाको जोहाङ् खैरेनीमा २०१० भदौ २५ गते जन्मनुभएका भण्डारी समालोचक, कवि र निबन्धकारका रुपमा परिचित हुनुहुन्छ । उहाँका २८ वटा पुस्तक भएका छन् ।

विसं २०३३ मा रुरुक्षेत्र गाउँपालिका–४ अन्तर्गत बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको नौ वर्ष अघि ३९ वर्षको उमेरमा निधन भएपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमले उहाँको स्मृतिमा किरण पुस्तकालय तम्घासमा रु एक लाख ५१ हजार एक सय ५१ को अक्षय कोष स्थापना गर्नुभएको थियो । कोषको ब्याजबाट हरेक पुरस्कार प्रदान हुँदै आएको छ । उक्त पुरस्कारबाट साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम र रुद्र ज्ञवाली पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.