क्रिकेटखेल

आइपिएलमा दिल्लीको तेस्रो जित, गुजरात ६ विकेटले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले तेस्रो जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले प्रतियोगितामा तेसो जित हासिल गरेको हो ।

आइपिएल

जारी सिजनमा गुजरातको भने यो चौथों हार हो । अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरमा ८९ रनमै अलआउट भएको थियो । गुजरातका लागि रसिद खानले ३१ रन बनाए भने साइ सुदर्शनले १२ र राहुल टेवाटियाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिँदा इशान्त शर्मा र ट्रिस्टन स्टब्सले समान २-२ विकेट तथा खलिल अहमद र अक्षर पटेलको भागमा १-१ विकेट रह्यो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ८.५ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका लागि ज्याक फ्रसर-म्याकगुर्कले २० रन बनाए भने साइ होपले १९ रन बनाएका थिए । त्यस्तै अभिषेक पोरेलले १५ रन जोड्दा  ऋषभ पन्त १६ सुमित कुमार ९ रनमा अविजित रहे । गुजरातको लागि सन्दीप वरिएरले २ तथा स्पेन्सर जोन्सन र राशिद खानले समान १-१ विकेट लिए  ।

जितसंगै ७ खेलमा ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा उक्लिएको छ भने समान खेलमा ६ अंक नै जोडेको गुजरात रन रेटमा पछि पर्दै सातौं स्थानमा झरेको छ । प्रतियोगिता अन्तर्गत आज पन्जाब किंग्स र मुम्बई इन्डियन्स नेपाली समय अनुसार राति ७:४५ बजे प्रतिस्पर्ध गर्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.