जल/वातावरण

माघ १४ देखि फागुन १० गतेसम्म कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो मात्रा लगाइने

वैशाख ७ गते मंगलबारदेखि कोरोना बिरुद्धको खोप (कोभिसिल्ड) लगाइने भएको छ । सरकारले माघ १४ गतेदेखि फागुन १० गतेसम्म खाप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउन लागेको हो । खोप वैशाख ७ देखि ११ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तो छ खोप तालिका
२०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ गते दोस्रो डोज दिइने छ । यसैगरी माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुलाई वैशाख ८ गते दोस्रो डोज दिइने छ ।

माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउने पालो वैशाख ९ गते तोकिएको छ । यसैगरी माघ २९ र फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते तथा माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले दोस्रो डोज वैशाख ११ गते लगाउनु पर्ने छ ।

खोप लगाउन जाँदा खोपकार्ड र आफ्नो परिचयपत्र पनि साथमा राख्नुपर्ने मन्त्रालयले आग्रह गरेको छ ।

यी हुन् खोप लगाउने स्थान

खोप लगाउन काठमाडौं उपत्यकाभित्र १९ अस्पताल तोकिएको छ । वीर अस्पताल, प्रसूति अस्पताल थापाली, शुक्रराज अस्पताल टेकु, सिभिल अस्पताल मिनभवन, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगलमा जानुपर्ने छ ।

यसैगरी हिमाल अस्पताल ज्ञानेश्वर, ह्याम्स अस्पताल धुम्बाराही, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, स्तुपा अस्पताल बौद्ध, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, ओम अस्पताल चाबहिल, जनमैत्री अस्पताल बालाजु, मदरल्याण्ड अस्पताल जडिबुटी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा गएर पनि खोप लगाउन सकिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.