राजनीति

आचारसंहिता बिरुद्धको रिट खारेज, जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आचारसंहितामा जनप्रतिनिधिले उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने प्रावधान कायम रहने भएको छ । अब राजीनामा नदिई जनप्रतिनिधिले उम्मेदवारी दिन पाउने छैनन् ।

मंगलबार सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेसंगै आचारसंहिताको सबै प्रावधान कार्यान्वयनमा आउने भएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । सो रिट न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज हुने निर्णय गरेपछि अब हालका जनप्रतिनिधिले उम्मेदवारी दिनु अघि पदबाट राजीनामा दिनुपर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.