जापान

सुडानबाट आफ्ना नागरिकहरूको उद्दार गर्न जापानले विमान पठाउने

जापानको रक्षा मन्त्रालयले सुडानमा सुरक्षा अवस्था थप बिग्रँदै गएपछि आफ्ना नागरिकहरूलाई उद्दार गर्न विमान पठाउने तयारी गरेको छ । बुधबार जापानका विदेशमन्त्रीले रक्षामन्त्रीलाई सेल्फ डिफेन्स फोर्सको विमानलाई खाली गरी प्रयोग गर्न आग्रह गरेका छन् ।

बुधबार जापानका मुख्य मन्त्रिपरिषद् सचिव हिरोकाजु मात्सुनोले एक पत्रकार सम्मेलन गर्दै आफ्ना नागरिकहरुको सुरक्षाका लागि अन्य देशहरुको समेत सहयोग लिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले जी-७ र अन्य प्रमुख देशहरूसँग नजिकको सहयोगमा जापानी नागरिकहरूको सुरक्षा र निकासी लगायत जापानमा रहेका जापानी बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो सक्दो प्रयास जारी राख्नेछ ।”

हाल करिब ६० जापानी नागरिक सुडानमा रहेकाले सरकारले ती सबैलाई सम्पर्क गर्न सफल भएको र उनीहरूमध्ये कोही पनि घाइते नभएको सचिव मात्सुनोले पत्रकारहरुलाई बताउनु भयो ।

सुडानमा मंगलबार भारी गोलाबारीले २४ घण्टाको युद्धविराम तोडेको छ । संयुक्त राष्ट्रसंघका दूत भोल्कर पर्थेसले सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा कम्तीमा १८५ जनाको ज्यान गएको र एक हजार ८०० भन्दा बढी घाइते भएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.