विश्व समाचार

प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपिल सार्वजनिक

संयुक्त राष्टसङ्घीय मानवीय मामिला समन्वय (युएनओसिचएचए) कार्यालयले बुधबार प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ ।

उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्याङ्कका ३.१ मिलियन मानिसहरूलाई सहायता गर्न प्रयोग गरिने युएनओसिएचएले जनाएको छ ।

कार्यालयले उक्त प्रक्रियाका लागि, सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ । मानवीय संस्थाहरूले गाजा पट्टी र वेस्ट ब्याङ्कका पीडितहरुलाई आवश्यक सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ ।

कार्यालयले भनेको छ, “गाजामा थप प्रवेश र आपूर्ति मार्गहरू चाहिन्छ, अशदोद बन्दरगाहको प्रयोग पनि चाहिन्छ । उनीहरूलाई गाजाभित्र आवागमनमा अवरोध नियन्त्रण र सहायताका लागि भिसा र अनुमतिहरू, समयमै प्रदान गरी मानवीय वस्तुहरू ल्याउन सक्षम हुन आवश्यक छ ।’’

गत वर्ष अक्टोबर सातमा दक्षिणी इजरायलमा हमासले गरेको घातक आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गर्दा अहिलेसम्म ३३ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ७६ हजार भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.