प्रदेशमधेश

आनन्द साहको परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख सहयोग

प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

आनन्द साहको परिवार

प्रदेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मृतक साहका बुवा सोमन साहलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ–४ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.