स्वास्थ्य

विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान

आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको दिवसको नारा, ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ । अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिने कुरालाई इङ्गित गर्दछ ।

कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो । कलेजो स्वस्थ्य राख्न खानपान र रहनसहनमा ध्यान दिनसके विभिन्न समस्याबाट बच्न सक्ने विज्ञ बताउँछन् । वरिष्ठ कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले भन्नुभयो, “कलेजोले शरीरमा महत्वपूर्ण भूमिका खेल्छ । यसले पाचन प्रणालीदेखि शरीरलाई चाहिने विभिन्न तत्व निर्माण गर्दछ । नचाहिने विकार तत्वलाई शुद्धिकरण गर्दछ । खानपान र रहनसहन नै कलेजो स्वस्थ राख्ने महत्वपूर्ण कुरा हुन् ।”

उहाँका अनुसार धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा कलेजोमा बोसोको मात्रा जम्न दिँदैन । कलेजोमा बोसो जम्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ । नेपालमा अधिकांश कलेजोको समस्या देखिएकामा रक्सीको अधिक सेवन प्रमुख कारण रहेको छ । त्यसैगरी हेपटाइटिस ‘बी’,‘सी’को सङ्क्रमण, आनुवंशिक कारण पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ ।

“रक्सीजन्य पदार्थले सबैभन्दा धेरै कलेजोमा क्षति गरेको देखिन्छ । लिभर रक्सीजन्य पदार्थमा सिमितता वा सकेसम्म प्रयोग नगरेकै राम्रो हुन्छ”, डा शर्माले भन्नुभयो, “बच्चालाई हेपाटाइटिस भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउनुपर्छ । आनुवंशिक कारणले निम्तिने समस्या पनि छ । परिवारमा कोही सदस्यलाई समस्या छ भने अरुले एकपटक जाँच गर्नुपर्छ ।”

वर्षमा एक पटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट (एलएफटी) गराउन चिकित्सकको सुझाव छ । यो सुविधा हरेक सरकारी तथा निजी प्रयोगशालामा सर्वसुलभरुपमा उपलब्ध छ ।

नेशनल हेल्थ सर्भिस (एनएचएस), युकेका अनुसार कलेजोमा समस्या आयो भने खाना रुचि नहुने, वाकवाकी लाग्ने, जीउमा कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखिन सक्ने हुन्छ ।

डा शर्माले समस्या बढ्दै जाँदा जन्डिसको लक्षणजस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने, छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भयो भने ‘क्रोनिक लिभर डिजिज’ हुन सक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसले गर्दा पेटमा पानी आउने, पेटको अमाशयमा नशा फुल्ने, नशा फुटने, रगत उल्टी हुने, रगत दिसा जाने, छालामा विभिन्न प्रकारका दाग जस्तो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.