जन सरोकार
कोशी सम्झौता खारेजको माग गर्दै सप्तरीमा भारतबिरुद्ध प्रदर्शन
कोशी सम्झौता अनुसार सडक मर्मत नगरेको भन्दै भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले बुधबार विहान सम्झौता खारेजको माग सहित भारतबिरुद्ध प्रदर्शन गरेका छन् ।

कोशी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जीर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले बुधबार बिहान प्रदर्शन गरेका हुन् ।
वडा अध्यक्ष उमेश यादवको अगुवाइमा उनीहरुले प्लेकार्डसहित नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार राति भएको वर्षाका कारण हिलाम्य सडकमा उनीहरुले प्रदर्शन गर्दै कोशी सम्झौता खारेजको माग गरेका छन् ।
वडाध्यक्ष यादवले कोशी सम्झौता अनुरुप सडक बनाउने काम भारत सरकारको भए पनि नबनाएको बताउँदैया त यो बाटो निर्माण गरियोस्, या त सम्झौता नै खारेज गरियोस् भन्ने माग गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्