राजनीति

राप्रपाको घोषणापत्र : १२ कक्षासम्म निःशुल्क, करमा ५० प्रतिशत कटौती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा १२ कक्षासम्म निःशुल्क शिक्षादेखि कायम रहेको करमा ५० प्रतिशत कटौती गर्ने प्रतिबद्धता जनाइएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप, गाईभैंसीलाई सुत्केरी भत्तालगायतका विषय पनि राखिएको छ ।

घोषणापत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बीमा, हरेक वडामा स्वास्थ्य चौकी र निःशुल्क, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा तथा स्थानीय महिलाा स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिइने उल्लेख छ ।

हेर्नुहोस् घोषणापत्र

राप्रपा घोषणापत्र

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.