अर्थ

सुनको मूल्य प्रतितोला एक लाख नौ हजार आठ सय

नेपालको सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दश हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख नौ हजार आठ सय तोकिएको छ ।

सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख नौ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख नौ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बुधबारको मूल्य अनुसार नै कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४४५ मा कारोबार भएको थियो । कारोबार भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । सुनको मूल्यले बुधबार (चैत २२) गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ५०० मा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.