विश्व समाचार

घृणा र चरमपन्थीको आक्रमणले नष्ट हुँदैछ अमेरिका

मानवअधिकार र प्रजातन्त्र तथा नागरिक स्वतन्त्रताका लागि विश्वभर दवाव दिने महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् ।

अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले मङ्गलबार यस किसिमको टिप्पणी गरेको छ।

प्रतिवेदनमा भनिएको छ- अति दक्षिणपन्थी र घरेलु चरमपन्थको “विस्फोटक वृद्धि” ले “हाम्रो समुदाय, हाम्रो परिवार र हाम्रो राष्ट्रलाई खतरा बनाउँदैछ” ।

प्रतिवेदनले रोजगारी, शिक्षा, स्वास्थ्य, आवास, आपराधिक न्याय र नागरिक सहभागिता लगायतका असमानताहरू रहेको संस्थालाई विश्वास गर्ने क्षेत्रहरू पनि उल्लेख गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.