क्रिकेटखेल

आईपीएलमा बैंगलोरको तेस्रो जित, पन्जाब २४ रनले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा पन्जाब किंग्सलाई २४ रनले पराजित गर्दै बैंगलोरले प्रतियोगितामा तेस्री जित हात पारेको हो ।

आईपीएलमा बैंगलोरको तेस्रो जित

पन्जाबको घरेलु मैदान मोहालीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । बैंगलोरका लागि फाफ डु प्लेसिस र विराट कोहलीले अर्धशतकीय पारि खेल्दै क्रमश: ८४ र ५९ रन बनाए ।

यी दुईले पहिलो विकेटका लागि १३७ रनको शतकीय साझेदारी गरेका थिए । पन्जाबका लागि हरप्रित ब्रारले २ विकेट लिए भने नेथन एलिस र अर्शदिप सिंहको भागमा समान १-१ विकेट रह्यो । १७५ रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाब १८ दशमलब २ ओभरमा अलआउट हुँदै १५० रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि ओपनर प्रसिमरन सिंहले ४६ रन बनाए भने जितेश शर्माले ४१ रन जोडे । यस्तै हरप्रित सिंह र हरप्रित ब्रारले समान १३-१३ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले ४ विकेट लिए भने वानिन्दु हसरंगाले २ विकेट लिँदा हर्षल पटेल र वायन पार्नेलको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै बैंगलोर ६ खेलमा ६ अंक जोड्दै पाँचौ स्थानमा रहेको भने समान खेलमा ६ अंक जोडेको पन्जाब सातौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.