क्रिकेटखेल

आइपिएलमा लखनउको चौथों जित, चेन्नई ८ विकेटले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले चौथों जित हासिल गरेको छ। शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै लखनउले प्रतियोगितामा चौथों जित हासिल गरेको हो  ।

आइपिएलमा लखनउको चौथों जित

जारी सिजनमा चेन्नईको भने यो तेस्रो हार हो । लखनउको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । चेन्नईका लागि रविन्द्र जडेजाले अविजित रहँदै ५७ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३० रन बनाए । त्यस्तै ओपनर अजिंक्य रहाणेले ३६ रन जोड्दा महेन्द्र सिंह धोनीले ९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै २८ रनको अविजित इनिङ खेल्दा कप्तान ऋतुराज गाइकवाडले १७ रन बनाए ।

लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए भने मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १/१ विकेट रह्यो । १ सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली लखनउले ६ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्‍यो । लखनउका लागि कप्तान केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८२ र क्विन्टन डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रनको अर्ध शतकीय पारी खेले । यी दुईले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।

यस्तै निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे। चेन्नईका लागि मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १/१ विकेट लिए । जितसंगै लखनउ ७ खेलबाट ८ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा ८ अंक रहेको चेन्नई रन रेटमा अघि रहँदै तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद नेपाली समय अनुसार राति ७:४५ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.