जन सरोकार

नेपाली सेनाद्वारा कोरोना सङ्क्रमितको शव व्यवस्थापन सम्बन्धी अभ्यास

नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास गरेको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सोमबार सेनाले शव व्यवस्थापनका विषयमा सो अभ्यास गरेको हो ।

पोखरा–१४ स्थित एक व्यक्तिको कोरोनाका कारणले मृत्यु भएको काल्पनिक घटनालाई आधार मान्दै सेनाले सुरक्षित रुपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो ।

शव व्यवस्थापन गर्दा व्यक्तिगत सुरक्षा कवच (पिपिई) लगाउने, शव बोक्ने सामग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्ने भन्ने अभ्यास गरिएको उहाँको भनाइ छ ।

नेपालमा हालसम्म कोरोनाका कारणले कसैको पनि मृत्यु भएको छैन । हालसम्म ३१ कोरोना सङ्क्रमित रहेकामा चार जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.