जापान

ग्लोवल होम नेटवर्क कम्पनी जापानले निशुल्क चामल, दाल र मास्क वितरण गर्ने

जापानमा कोरोना भाईरसका कारण आर्थिक समस्यामा परेका नेपालीहरुको लागि टोकियोस्थित ग्लोवल होम नेटवर्क कम्पनीले प्रतिपरिवार ५ किलो चामल, १ किलो दाल र २ वटा मास्क वितरण गर्ने भएको छ । कम्पनीले समस्यामा परेकामध्ये विद्यार्थीहरु सहित अन्य भिषामा रहेकाहरुको लागि सो राहत दिने भएको हो ।

कम्पनीका अनुसार जापान आएको एक वर्ष पूरा नभएकाहरु र काम नभएर दैनिकीमा समस्या पर्नसक्नेहरुको लागि यस्तो निर्णय गरिएको हो । लामो समयबाट जापानमा रहेपनि अन्य प्रान्तबाट गएको एकमहिनाभित्र टोकियो, खानागावा, साइतामा चिबा आउनुहुने महानुभावहरुले समेत उक्त सहयोग लिनसक्ने छन् ।

एनआरएनए जापानका पूर्व उपाध्यक्ष तथा हालका सल्लाहाकार र कास्की पोखरा समाज जापानका संरक्षक समेत रहनुभएका शिवप्रसाद पौडेलका अनुसार सहयोग वितरण आउँदो मे १ तारिक शक्रबारबाट सुरु गरिने छ । तापनि खाद्यान्न समस्या परेका महानुभाबहरुले भने आफूले चाहेकै मितिबाट प्राप्त गर्न सक्नु हुनेछ ।

शनिवार र आईतबार सहित जापानको सार्वजनिक बिदाको दिनमा भने दिनको १२ बजेदेसखि अपरान्ह ४ बजेसम्म खाद्यान्न उपलब्ध गराइने छ । जापानको एकमात्र रियलस्टेट कम्पनीको रुपमा रहेको ग्लोबल होम नेटवर्कले फुदोसान, ईन्टरनेट सम्वन्धी सेवा जापानवासी नेपालीहरुलाई सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।

खाद्यान्न चाहने महानुभाबहरु आफुहरु रहेको नजिकको पायक पर्ने स्थानबाट ग्रहण गर्नसक्ने समेत कार्यालयले जनाएको छ । त्यस्तै सहयोग चाहने व्यक्तिहरुले तल उल्लेखित फोन नम्वरमा फोन गरेर जानकारी समेत लिन सक्ने पनि जनाएको छ ।

सम्पर्क नम्वर
गुरुङ : ०८० ३३६१ ९८१६
थापा : ०८० ३८९८ ४३२१
श्रेष्ठ : ०८० ३७३४ २८४१
भण्डारी ०९० ६०१३ ४६७२
पौडेल ०८०६५२७७४७९
सुवेदी ०९०९३२८५०१८
कार्यालय
०३५९३७६९५८
०८० ४११७ ७४७९
०८० ४१५६ ७४७९

ठेगाना:- 東京都新宿区百人町1ー 17ー5メゾンオグラ305 ओकूबो तथा सिनओकूबो स्टेसन नजिक ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.