जापान

जापानमा नेपालीहरुको समस्या- कामको अभाव, विभेद र नेपालीबाटै ठगी

विश्वका सम्पन्न मुलुकहरुको शीर्षस्थानमा पर्ने नेपालको अति हितैषी मित्रदेश जापानमा नेपालीहरुको प्रवेश गर्ने क्रम सुरु भएको शताब्दी बढी भैसकेको छ । हाल यो मुलुकमा करीब ९८००० नेपालीहरु रहेका छन र यो संख्या अझै बड्दो क्रममा छ ।

उच्च शक्षा सहज र राम्रो काम लगायत सुखद जीवन बिताउने आशमा जापान प्रवेश गर्ने नेपालीहरुले सोचे जस्तै पाउँछन् त जापान पुगेपछि ? यस विषयमा कोबे विश्वविद्यालयले गरेको एक अनुसन्धानमा नेपालहरुको समस्याहरु बुँदागत रुपमा पत्ता लगाएको छ ।

विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा भरत सिंह नेगीले एक विज्ञप्तिमार्फत अहिलेसम्म गरिएको अनुसन्धानको प्रारम्भिक टिपोट सार्वजनिक गर्नुभएको छ ।

ईमाइग्रेसन सर्भिस एजेन्सीका अनुसार जापानमा कोरोनाको समस्या भए पनि नेपालीहरुको सन्ख्या निरन्तर बढने क्रममै छ । डिपेन्डेन्ट भिसाबाहक र कम्पनीमा काम गर्ने वा आफ्नै कम्पनी संचालकहरु र विद्यार्थीहरु सबैभन्दा बढी छन् ।

विगत दुई वर्षयता नेपालीहरुले कोरोनाको बेला धेरै समस्याहरु भोगिरहेका छन । आर्थिक तथा मनसिक समस्याहरु झेल्न नसकेर धेरै नेपालीहरु आत्महत्या जस्तो नराम्रो बाटो अङगालेको देखिन्छ ।

कोबे विश्वाविद्यालयले गर्दै गरेको सर्वेक्षणको प्रारम्भिक नतिजाले देखाए अनुसार करिब ३६ प्रतिशत नेपालीहरुले भाषाको कमीको कारण तनाव झेल्नु परेको कुरा आएको छ ।

भाषाको कारण अस्पातलमा जान पनि हिच्किचहट हुने, राम्रो काम पाउन गार्हो भएको देखिएको छ । त्यस्तै अर्को ठूलो समस्या भनेको १३ प्रतिशत नेपालीहरुले थोरै तलबमा काम गरिरहेको गुनासाहरु आएको छ । यसमा अधिकांश कुकहरु रहेका छन् ।

त्यस्तै ९ प्रतिशत नेपालीहरुले चरम आर्थिक समस्या भोगिरहेको देखिन्छ भने काम गर्ने ठाउँमा विभेद तथा ठगीमा परेका घटनाहरु पनि पाइएको छ । आश्चर्यको कुरा अर्को के छ भने ठगिने नेपालीहरुबाट नै नेपालीहरु ठगिएका छन् ।

अधिकांशले काम लगाइदिने भनेर पैसा लिएर काम नलगाइदिने, बिभिन्न बाहानामा पैसा लिएर नफर्काउने गरेको पाइएको छ । त्यसै गरी भिसाको समस्या, काम नपाएर तनाव, साना बच्चाहरुका लागि स्कुलको समस्याहरु पनि नेपालीहरुले भोगिरहेका छन् ।

नेपाली समाजमा बढ्दै गरेको समस्या श्रीमान श्रीमतीबीचको बेमेल पनि रहेको छ । विविध कारणले दिनहु झगडाले गर्दा अनावश्यक मानसिक तनाव र हिंसा जस्ता कुराहरु बढिरहेको देखिन्छ ।

यस्ता समस्याहरुलाई कम गर्नको लागि जापानस्थित नेपाली राजदूतावास तथा अन्य नेपाली समाजहरुले भूमिका खेल्नुपर्ने देखिन्छ । जापानको सम्बन्धित निकायसँग छलफल गरी यस्ता समस्याहरु न्युनिकरण गर्नुपर्छ ।

यो सर्भे अझै पनि चलिरहेकोले यो सर्भेमा भाग लिएर आफ्नो अवस्था र अन्य समस्याहरुको जानकारी गराउन यो लिंक www.shorturl.at/bhwJY क्लिक गरी फारम भर्न सकिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.