राजनीति

पोखरा उपमहानगर पाएकै दिन समाजवादीका कार्यकर्ता एमाले प्रवेश

सत्ता गबठन्धनबीच महानगर र उपमहागरपालिका भागवडा हुँदा पोखराको जिम्मा एकीकृत समाजवादीको भागमा परेकै दिन कास्कीबाट समाजवदीमा लागेका व्यवसायीहरु एमाले प्रवेश गरेका छन् ।

बुधबार नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीको आयोजना तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको ब्यबस्थापनमा पोखरामा आयोजित स्थानीय तह निर्बाचन केन्द्रीत प्रचार भेलामा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

सो असरमा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेलार्इ कसैले पनि हराउन नसक्ने बताउँदै जनताको हितमा उल्लेख्य काम गर्दै अगाडी बढेको हुँदा जनताका मत र साथले जस्तासुकै गठबन्धन आए पनि परास्त हुने दावी गर्नुभयो ।

गुरुङले एमालेका बिगतका संघीय र प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिको काम अब्बल रहेको र अब आउने सरकारले ती कामको प्रचार सहित नयाँ बिकासका योजनाका स्पस्ट मार्गचित्र प्रस्तुत गरेकोले नै देशका कुना कुनाबाट विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु आफ्नो पार्टीमा समाहित हुने क्रम तिब्र बनेको जिकिर गर्नुभयो ।

सो अवसरमा उपमहासचिव गुरुङले नेकपा एकीकृत समाजवादी परित्याग गरिपर्यटन ब्यबसायी क्षेत्र बहादुर गुरुङ, सुक बहादुर परियार, शम्सेर बहादुर मौरति, राजकुमार मौरती, सन्त बहादुर बि क, बिशाल परियार, भिम बहादुर गुरुङ, वीरबहादुर गुरुङ, रामजी सनिया, होम बहादुर परियार लगाएत दर्जन बढी कार्यकर्तालाईलाई एमालेमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.