जन सरोकार

वृद्धभत्ता नदिएपछि बैंकमा मेयरको तालाबन्दी

बुधबार विहान महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव साह त्यहाँ रहेको कुमारी बैंक पुगेर तालाबन्दी गरिदिनुभयो । सो बैंकले वृद्धभत्ता नदिएको भन्दै उहाँले तालाबन्दी गरिदिनुभएको हो ।

उहाँका अनुसार चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेपछि भंगहा नगरपालिकाको सितापुरमा रहेको कुमारी बैंकमा ताला लगाउनुभएको हो ।

मेयर साहले चार महिनाअघि नै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि बैंकमा रकम पठाइसकिएको र भत्ता लिन पटकपटक ज्येष्ठ नागरिक धाइरहेका छन्, तर बैंकले नदिँदा बाध्य भएर ताला लगाएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.