कला/मनोरन्जनकलिउड

जन्मथलोको सुन्दरताले मोहित भएपछि दीपेन्द्रको कलात्मक सिर्जना

लामो समयदेखि जापानमा बस्दै आउनुभएका सिर्जनशील व्यक्तित्व दीपेन्द्र अधिकारी केही समय पहिले आफ्नो जन्मथलो कास्की पोखरामाा लामो समय बिताउनुभयो । त्यहाँ बिताएका क्षणहरुले उहाँमा पोखराको वास्तविकता पुनः अनुभूत गरायो अनि सिर्जना भयो म’नमोहक पोखरा’ ।

दीपेन्द्र अधिकारीको यो गीतको भिडियो अप्रिल ९ (भोलि) सार्वजनिक हुँदैछ । गीत सार्वजनिक हुनुअघि उहाँले सामाजिक सञ्जालमा एउटा सन्देश सम्प्रेषण गर्दै भन्नुभएको छ- “प्रकृतिले बरदान दिएको सुन्दर पोखरा नगरी साच्चिकै मनमोहक छ ।”

“पोखराको मान्छे एकपटक टाढा गएर फर्किंदा बल्ल त्यसको महत्व बुझ्न सकिंदो रहेछ र यसै बुझाईबाट सिर्जना भयो ‘मनमोहक पोखरा’ गीत ।”

वसन्त सापकोटाको संगीत, साहस शाक्यको संगीत संयोजन र स्वरुपराज आचार्यको स्वरमा सजिएको अधिकारीको ‘मनमोहक पोखरा’ले यहाँको पर्यटन प्रबद्र्धनमा अरु टेवा दिने अपेक्षा गरिएको छ ।

सिद्धहस्त संगीतकारको धुनमा सिद्धहस्त गायकको स्वरलाई भिडियोमार्फत अभिव्यक्त निशान घिमिरेले निर्देशन र सम्पादनको जिम्मा लिएका छन् भने उत्तम हुमागाईको छायांकन तथा प्रकाश सुवेदीले सिर्जनात्मक निर्देशन गर्नुभएको छ ।

डिए क्रिएशनले सार्वजनिक गर्न लागेको गीतमा माओत्से गुरुङ्ग, नम्रता सापकोटा, महेश खड्का लगायतका कलाकारहरुले कुशल अभिनयमार्फत साथ दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.