क्रिकेटखेल

आइपिएलमा हैदराबादको पाँचौं जित, दिल्ली ६७ रनले पराजित 

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पाँचौं जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गर्दै प्रतियोगितामा पाँचौं जित निकालेको हो ।

आइपिएल

दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रन बनायो । जारी सिजनमा हैदराबादले  तेस्रो पटक २ सय ५० भन्दा बढीको रन बनायो।

उत्कृष्ट सुरुवात गरेको हैदराबाद पावर प्लेमै १ सय २५ रन बनाएको थियो, जुन आइपिएल इतिहासको सर्वाधिक स्कोर हो । हैदराबादका लगि ट्रेभिस हेडले ३२ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै ८९ रनको अर्धशतकीय पारी खेले भने सहबाज अहमेद ५९ रनमा अविजित रहँदा अभिषेक शर्माले १२ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ४६ रन जोडे ।

त्यस्तै नतिश कुमार रेड्डीले ३७ रन जोड्दा हेनरिच क्लासेनले १५ र अब्दुल समादले १३ रन बनाएका थिए । दिल्लीका कुलदिप यादवले ४ विकेट लिए । जवाफमा २६७ रन पछ्याएको दिल्ली १९.१ ओभरमा १ सय ९९ रनमा अलआउट भयो ।

दिल्लीका लागि जेक प्रेसर–म्याकगुर्कले १८ बलमा सात छक्का र पाँच चौका प्रहार गर्दै ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान ऋषभ पन्तले ४४, अभिषेक पोरेलले ४२ र त्रिस्टन स्टब्सले १० रन बनाउनु बाहेक अन्यले  दोहोरो स्कोरमा रन बनाउन असफल रहे ।

हैदराबादको लागि टि नटराजनले चार विकेट लिँदा मायंक मार्कण्डे र नितिसकुमार रेड्डीले दुई दुई विकेट हात पारे । जितसँगै हैदराबाद सात खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ६ अंक जोडेको दिल्ली सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.