जापान

जापानी दुई सैन्य हेलिकप्टर दुर्घटना हुँदा एकको मृत्यु, सात बेपत्ता

जापानमा आइतबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडिएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताउनुभयो ।

जापानी दुई सैन्य हेलिकप्टर दुर्घटना

“उद्धारकर्मीहरूले समुद्रमा विमानको भाग भएको मानिएको कुरा भेट्टाएका छन् र हामीले दुई वटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको विश्वास गरेका छौँ”, रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूसँग भन्नुभयो, “अहिले यसको कारण थाहा भएको छैन तर सबैभन्दा पहिला हामी मानिसहरूको उद्धारका लागि प्रयास गर्नेछौँ ।”

धेरै घन्टापछि उद्धार गरिएका चालक दलका सदस्यको मृत्युको पुष्टि भएको उहाँले बताउनुभयो । “मन्त्रालयले एक अर्काको नजिकका स्थानहरूमा उडान रेकर्डरको खोजी गरेको छ र दुवै हेलिकप्टर ठोक्किएको हुनसक्ने धेरै सम्भावना छ”, मन्त्री किहाराले भन्नुभयो ।

हेलिकप्टर प्रशान्त महासागरमा इजु टापु समूह नजिकै रातिको समयमा पनडुब्बीहरूको सामना गर्ने प्रशिक्षणका क्रममा दुर्घटना भएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् ।

सामुद्रिक आत्मरक्षा बल (एमएसडिएफ) का प्रमुख रयो सकाईले पत्रकारहरूसँग भन्नुभयो, “उडान रेकर्डरको विश्लेषण भइरहेको छ, अधिकारीहरूले अभ्यासमा संलग्न रहेको तर दुर्घटनामा सहभागी नभएको तेस्रो हेलिकप्टरका चालक दलका सदस्यहरूको अन्तरवार्ता लिइरहेका छन् ।”

प्रसारक एनएचकेले वरपरका जल क्षेत्रमा कुनै अन्य विमान वा जहाज नभएकाले घटनामा कुनै अन्य देशको संलग्नताको सम्भावना नभएको एमएसडिएफले जनाएको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.