जन सरोकार

लकडाउनको सदुपयोग- काठमाडौँका सडकमा ढकमक्क फूल

बन्दाबन्दीका कारण सवारी साधन आवतजावत नहुँदा काठमाडौँको शहरी सौन्दर्य निर्माणका काममा सहजता देखिएको छ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ लाग्ने सडक किनारामा ढकमक्क फूल फुलेका छन् भने नयाँ सडक अघिल्तिरको आइल्याण्डमा हेरुँ हेरुँ लाग्ने फूल फुलेका छन् ।

कोरोना रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमै सुन्धारा र शङ्खधरपार्क नजिक रहेका ट्राफिक आइल्याण्ड निर्माण हुँदैछन् । ती आइल्याण्डको साविक संरचनामा सुधार गरेर परम्परागत इँटा र नयाँ ढाँचाको पूर्वाधार तयार पारिसकिएको छ । ती संरचनामा माटो भर्ने काम पनि भइसकेको छ तर बन्दाबन्दीले फूल र बिरुवा ढुवानी हुनसकेको छैन । अवस्था खुकुलो हुनेबित्तिकै बोट बिरुवा रोपिने भएको छ ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन, सडक तथा सार्वजनिक स्थान बढार्ने, झार उखेल्ने, सतह ढलको सफाइ गर्नेलगायत कामलाई नियमित गरिरहेको छ ।

विभागका अनुसार सुन्धारा ट्राफिक आइल्याण्डमा ७५० बोट सिजनल फूल रोपिने तयारी छ । जहाँ एलिजिया, साइकस पाम, सेप्लेरिया भेरिगेटर, नीलगाई, इलिगन, फोनिक्स पाम, ड्रेसोना, क्लोटन, जनादो पाम, प्याराडाइज र रेक्सोना पाम रोपिनेछन् ।

सुन्धाराका चार वटा आइल्याण्डलाई साबिक संरचनाको उचाइ बढाएर साढे दुई फिटका बनाइएका छन् । चौपाया चढ्न नसक्ने र मान्छेले फूल चुँडेर हिँड्न नसक्ने गरी उचाइ बढाइएको छ । ती आइल्याण्डमा १४ प्रकारका फूल तथा बोटविरुवा रोपेर हरियाली र सुन्दरता बढाइने छ । शङ्खघर नजिकको आइल्याण्डमा पनि यसैअनुसारका विरुवा रोपिने भनाइ छ ।

बन्दाबन्दीपछि यहाँका स्थाीय तह दैनिक प्रशासनिक काम राहत वितरणका लागि तथ्याङ्क सङ्कलन, राहत वितरण, भाइरस रोकथामका लागि प्रचारप्रसार र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको बजार व्यवस्थापनमा पनि केन्द्रित छन् ।

फोहर उत्पादनमा कमी

लकडाउनका कारण होटल र रेष्टुरेन्ट बन्द भएपछि काठमाडौँ उपत्यकामा फोहर उत्पादनमा कमी आएको छ । लकडाउन शुरु हुनुभन्दा पहिले दैनिक एक हजार टन फोहर व्यवस्थापन हुँदै आएको थियो । अहिले सबै होटल र रेष्टुरेन्ट बन्द रहेकाले दैनिक करिब ५०० टन मात्र फोहर व्यवस्थापन हुँदै आएको हो ।

हरेक दिन ३०० गाडीले नुवाकोटको सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको कामपाले अहिले दैनिक १२१ गाडीमा मात्रै फोहर लैजाने गरेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार पहिले जतिबेला फोहर व्यवस्थापन गर्दा पनि हुन्थ्यो अहिले हरेक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म सिसडोलमा फोहर व्यवस्थापन गरिसक्नुपर्ने छ । त्यसपछिको समयमा उक्त साइड बन्द गरिन्छ ।

अहिले संवेदनशीन समय भएकाले व्यवस्थापन गएिको फोहरमा पनि कामपाले हरेक दिन तीन ट्याङ्करमार्फत किटनासक औषधि पनि छर्किँदै आएको छ । दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि उक्त स्थानमा फोहर व्यवस्थापन गरिरहँदा काममालाई फोहर व्यवस्थापन कार्य थप चुनौतीको विषय बनेको छ ।

हाल फोहर व्यवस्थापन गरिरहेको स्थानभन्दा दुई किलोमिटर पर दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिरहेको भए पनि लकडाउनका कारण काम अघि बढ्न नसक्दा आगामी दिनमा पनि व्यवस्थापन कार्य कठिन हुने देखिन्छ । अहिले उक्त स्थानमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हँुदै आएको छ । कामपाले सबै स्थानको फोहर व्यवस्थापनको काम भइरहेको जनाउँदै कुनै कारण फोहर लिने गाडी नआए ११८० कामपाको हटलाइन नम्बरमा फोन गरी जानकारी दिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.