राजनीति

"जसको साथमा पार्टीको बहुमत थिएन उनीहरुले विदेशीको आडमा संविधान मिच्ने गरे"

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा १५० औं लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस मनाइरहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीप्रति तीको प्रहार गर्दै आफूहरुले तत्कालीन (नेकपा)को साधारण सदस्यबाट समेत हटाएका भए पनि विदेशी शक्तिहरुको आडमा नेपालमा संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाउनुभयो ।

त्यस क्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा नेतृत्व गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाउँदै जसको साथमा शक्ति थिएन उनीहरुले विदेशीको इशारामा गलत काम गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले पार्टी एकता गर्दा पनि कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौं । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौं । निकालेकै थियौं पार्टीबाट वैधानिक ढङ्गले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो । त्यहाँ हामी पराजित भएको होइन । पराजित उनीहरु भए, जसको साथमा पार्टीको बहुमत थिएन । बहुमत मात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्य-मान्यता मिच्ने काम भएको छ ।’

प्रचण्डले संसदीय दलको नेताबाट पनि अध्‍यक्ष केपी शर्मा ओलीलाई हटाएको स्मरण गर्दै भन्नुभयो ‘हामीले आजको सिस्टम अन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट पनि फालेकै हो । विलकुल वैधानिक र आधिकारिक रुपमा, कानुनी रुपमा फालेको तर के भयो नेपालमा ? कल्ले गर्‍यो यो, बिचित्रको नौटङ्की कताबाट आयो ?’

सम्बोधनका क्रममा उहाँले नेकपा माओवादी केन्द्र कमजोर नभएको बताउँदै माओवादी आन्दोलन र नेकपा माओवादी कमजोर भएको छैन् । यो बीचमा सामान्य जनताको घर गाउँमा या कार्यकर्ताहरुको मनोभावना बुझ्ने कोसिस गरिरहेको र जनताको चाहना माओवादी पहिला जसरी नै आइदियोस् भन्ने रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.