क्रिकेटखेल

आइपिएलमा कोलकाताको रोमाञ्चक जित, बैंगलोर एक रनले पराजित  

भारतमा जारी इन्डियन प्रियिमर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि एक रनको  रोमाञ्चक जित निकालेको हो  ।

आइपिएल

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३६ बलमा सात चौका र एक छक्काको मद्दतले ५० रनको अर्धशतकीय पारी खेले भने  फिल साल्टले ४८ रन बनाए  । त्यस्तै आन्द्रे रसेल २७ र रमनदीप सिंहले २४ रनमा अविजित रहँदा,  रिंकु सिंहले २४, वेङ्कटेस अय्यरले १६ र सुनिल नारायणले १० रन जोडे ।

बैंगलोरका लागि यस दयाल र क्यामरुन ग्रिनले समान दुई तथा मोहम्मद सिराज र लोकी फर्गुसनले समान एक-एक  विकेट लिए ।  कोलकाताले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२१ रनमात्र बनायो ।

बैंगलोरका लागि विल ज्याक्सले ३२ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रजत पाटिदारले ५२ रन जोड्दा दिनेश कार्तिकले २५, सूर्यान्श प्रभुदेसाइले २४, कर्ण शर्माले २० र विराट कोहलीले १८ रन बनाए ।

कोलकाताका लागि आन्द्रे रसेलले तीन, हर्षित राना र सुनिल नारायणले समान दुई तथा मिचेल स्टार्च र वरुण चक्रवर्तीले समान एक-एक विकेट लिए । जितसँगै ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोडेको कोलकाता दोस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा १ जित र ७ हारसहित २ अंक जोडेको बैंगलोर पुछारमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.