राजनीति

राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका राजा नेपाल आउँदै

नेपाली युवाहरुलाई सबैभन्दा बढी रोजागारी दिने समृद्ध मुलुक कतारका राजा (अमिर) दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कतारी अमिर नेपालमा रहनुहुँदा राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची तय भएको छ ।

सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुने छ । साथै अमिर सेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।

वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । उहाँ बुधबार राति नै नेपालबाट स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.