क्रिकेटखेल

आइपिएलमा गुजरातको चौथों जित, पञ्जाव ३ विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले चौथों जित निकालेको छ । आइतबार राति भएको खेलमा पञ्जाव  किंग्सलाई ३ विकेटले पराजित गर्दै गुजरातले प्रतियोगितामा चौंथो जित निकालेको हो ।

आइपिएल

जारी सिजनमा पञ्जावको भने यो छैटौं हार हो । पञ्जावको घरेलु मैदान मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । पञ्जावका लागि प्रवसिम्रन सिंहले ३५ रन बनाउनु सर्वाधिक रह्यो भने साम कुरानले २० रन बनाउँदा जितेश शर्माले १३ रन जोडे । त्यस्तै हरप्रित ब्रारले २९ रन जोड्दा जितेश शर्माले १३ रन बनाए । गुजरातको लागि साइ किशोरले ४ तथा नुर अहमद र मोहित शर्माले समान २-२ विकेट लिए।

पञ्जावले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा गर्‍यो । गुजरातको लागि राहुल टिवेटियाले अविजित रहँदै ३६ रन बनाए भने कप्तान शुभमन गिलले ३५ रन जोडे । यस्तै साइ सुदर्शनलले ३१ रन जोड्दा अजमतुल्लाह ओमरजाइ र ऋद्दिमान साहाले समान १३- १३ रन बनाए । पञ्जावका लागि हर्षल पटेलले ३ तथा लियम लिभिङस्टोनले २ विकेट लिए ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.