जन सरोकार
आगलागीमा जलेर दुई जनाको मृत्यु
रूकुम पश्चिम र काभ्रेमा भएको आगलागीमा जलेर दुई जनाको मृत्यु भएको छ । रूकुम पश्चिम, बाँफिकोट गाउँपालिका-३ भत्नीगारेस्थित सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही बस्ने ७१ वर्षीया बुदी कामीको घरमा समेत आगलागी हुँदा उक्त आगलागीमा जलेर बुदी कामीको मृत्यु भएको छ ।

त्यस्तै काभ्रे, तेमाल गाउँपालिका-९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वल्डिङ गर्ने क्रममा वल्डिङ मेसिनमा आगलागी भई सोही आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका-७ माइमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको छ ।
जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्