जन सरोकार

गोकर्णेश्वर नपा वडा नंं ९ ले दैनिक खाना खुवाउँदै

लकडाउनका कारण दैनिक ज्यला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु भोकभोकै पर्न थालेपछि स्थानीय निकाय र संघसंस्थाहरु सक्रिय रुपमा भोक मेटाउने प्रयासमा लागिरहेका छन् । यसै क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंं ९ ले मातातिर्थ औंसीका दिनदेखि दैनिक २०० जनालाई विहान र बेलुका खाना खुवाउन सुरु गरेको छ ।

वडा नंं ९ र ग्राम निर्माण बन्धु मण्डल क्लबको सक्रियतामा आज अरुणोदय माध्यमिक विद्यालयको प्रांगणमा विहानको खानाा खुवाइयो भने बेलुका पनि सोही स्थानमा खुवाउने कार्यक्रम छ । वडाका विभिन्न टोलमा रहेका मजदुरी गर्नेहरुको पहिचान जारी रहेको र यसलाई अरु बढाइने वडा अध्यक्ष राजीब थापाले जानकारी दिएका छन् ।

गोकर्णेश्वर नगपालिकाका मेयर सन्तोष चालिसे, नगर सल्लाहकार दीपक रिसालको उपस्थितिमा सुरुवात गरिएको खाना खुवाउने कार्यक्रममा स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

त्यसै गरी सोही वडाका अन्य क्षेत्रमा रहेका मजदुरहरुलाई अन्य निकायले पनि खाना खुवाइरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.