जल/वातावरण

र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआरमा नेगेटिभ : ढुक्क हुँदा पहरो थर्किनसक्छ

विश्वभर कोरोना संक्रमणको परीक्षण तीब्र भैरहेको छ र नेपालमा पनि लगभग ४० हजारमा परीक्षण गरिएको छ । नेपालमा सुरुवाती परीक्षण र्‍यापिड टेस्टमा पोजेटिभ आउने र पीसीआर परीक्षणमा नेगेटिभ आउने घटना बढी हुने गरेको छ तर यो भनेको कोरोना संक्रमण थियो भन्ने बुझ्नुपर्ने विज्ञहरु बताउँछन् ।

र्‍यापिड टेस्टमा पोजेटिभ आएर पीसीआरमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण नभएको र परीक्षण गलत भएको बुझाइ राखने हो भने यो निकै गम्भीर गल्ती हुने विज्ञहरु बताउँछन् । अहिले केन्द्रीय कारागारका दुई नर्सको र्‍यापिड टेस्ट र पीसीआर टेष्टको रिपोर्टले दुई नर्स त ढुक्क भए तर विज्ञहरु भने कतै यसले लहरो तान्दा पहरो थर्कने त हैन भन्नेमा चिन्तित छनु ।

जिवाणु वैज्ञानिकहरुका अनुसार एक पटक र्‍यापिड टेस्टमा पोजेटिभ देखाउनुको अर्थ जाँच गरिएको मानिसको शरीरमा कुनै न कुनै समयमा कोरोनाको संक्रमण थियो भन्नु हो । र्‍यापिड टेस्टमा पोजेटिभ देखाएर पीसीआर जाँचमा नेगेटिभ देखाउनुको अर्थचाहिँ जाँच गरिएको समयमा शरीरमा भाइरसको संक्रमण भए पनि निस्क्रिय हुँदै गएको हो ।

तसर्थ केन्द्रीय कारागार अस्पतालका दुई नर्सको र्‍यापिड टेष्टले कुनै समय कोरोना संक्रमण थियो भन्ने प्रष्ट भयो । तर उनीहरुबाट अरुमा संक्रमण भयो कि भएन एकिन गर्न सकिएको छैन । सुन्धारामा रहेको केन्द्रीय कारागार अस्पताल देशभरिको कैदीबन्दीलाई उपचार गर्ने केन्द्रीय अस्पताल हो । त्यहाँ विभिन्न ठाउँका जेलबाट बिरामीहरु उपचार गर्न ल्याइन्छ ।

विभिन्न ठाउँबाट आवत–जावत भइरहने हुँदा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अस्पतालमा एउटा मात्र केस पोजेटिभ देखिए देशभरका जेलहरुमा रहेका कैदी बन्दीको परीक्षण गर्नुपर्छ । किनभने केही दिनयता केन्द्रीय कारागारका कैदीहरुलाई कोरोनाको जस्तै लक्षण देखिएपछि गत सोमबार उनीहरुले पहिलो चरणमा अस्पतालका ६८ मध्येका ४० कर्मचारीको र्‍यापिड टेस्ट गरे ।

सुरुमै दुई जना नर्सको रिपोर्ट पोजेटिभ आयो । त्यो नतिजाले उनीहरु ढुक्क हुन सकेनन् र फेरि जाँच गरे । दोस्रो जाँचमा पनि रिपोर्ट पोजेटिभ नै आयो । त्यसपछि हल्लीखल्ली मच्चियो ।

दुई नर्सलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा ल्याइयो । र, थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइयो । पीसीआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अहिले घर फर्किएका छन् ।

तर, यो ढुक्क हुने अवस्था भने हैन । किनभने उनीहरुको शरीरमा भाइरस थियो भन्ने पक्का भसकेको छ । यो निकै गम्भीर विषय भए पनि खासै चासो दिने गरिएको छैन । नेपालमा र्‍यापिड टेष्टमा पोजेटिभ आएकाको सम्पर्कमा रहेकाहरुको खोजी नै गर्ने गरेको छैन ।

र्‍यापिड टेस्टमा पोजेटिभ आएर पीसीआर टेस्टमा नेगेटिभ आएकाहरुको स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ नै गरेको छैन । पीसीआरमा पोजेटिभ आयो भने मात्रै कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएको छ । तर, अधिकांस र्‍यापिड टेस्टमा पोजेटिभ आउनेहरु विदेशबाट आएका र क्वारेन्टाइन बसेकाहरु छन् । पछिल्लो दुई केस अपवाद हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेकाअनुसार र्‍यापिडमा पोजेटिभ आएर पीसीआरमा नेगेटिभ आउनु भनेको मानिसको शरीरमा भाइरस निस्क्रिय हुनु हो । यस्तो अवस्थामा उसले अरुलाई संक्रमित गराउन सक्दैन । त्यसैले पीसीआरमा पोजेटिभ नआएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा लाग्नु भनेको समय खेर फाल्नु हो ।

जीवाणु वैज्ञानिक समीरमणि दीक्षितका अनुसार र्‍यापिड टेस्ट आफैंमा नराम्रो हैन । र्‍यापिड टेस्टले सामान्यतया तीन सातादेखि दुई–चार महिनाअघिको अघिको संक्रमण पनि देखाउन सक्छ र यसले नेपालको सन्दर्भमा अन्यौल बढाएको छ ।

संक्रमणको सुरुवाती चरणमा टेस्टको दायरा कम हुनुको परीणाम अहिले र्‍यापिड पोजेटिभ देखिएको हो । धेरै र्‍यापिड टेष्टमा पोजेटिभ आउनुले अहिले देखिएभन्दा धेरै संख्यामा मानिसहरु संक्रमित भएको बुझाउने भन्दै उहाँ अब र्‍यापिड पोजेटिभ देखिएको ठाउँमा समुदायस्तरमै पीसीआर जाँच गर्नुको विकल्प नभएको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.