जल/वातावरण

बिहिबार थप दुई जनामा कोरोना संक्रमण, सनसिटी अपार्टमेन्टका संक्रमित घर फिर्ता

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बिहिबार उदयपुुर र जनकपुरमा गरी दुईजना संक्रमित फेला परसंगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।

उदययुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपाटृमेन्टमा बस्ने आमा र छोरा कोरोना संक्रमित निको भएर घर फर्केका छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भैरहेको थियो । ५८छोरा र ८१ आमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

गत चैत ५ गते बेलायतबाट नेपाल आएका उनीहरु २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनीहरुको परिवारकी ५२ वर्षीया बुहारीमा पनि कोरोना संक्रमण हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.