क्रिकेटखेल

आईपीएलमा पन्जाबको चौथो जित, मुम्बई १३ रनले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) पन्जाब किंग्सले चौथो जित निकालेको छ । शनिबार राति भएको खेलमा मुम्बई ईन्डियन्सलाई १३ रनले पराजित गर्दै पन्जाबले प्रतियोगितामा चौथो जित निकालेको हो ।

आईपीएलमा पन्जाबको चौथो जित

मुम्बईको घरेलु मैदान वांगखडे क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । पन्जाबका लागि कप्तान साम करनले ५५ रनको अर्धशतकीय पारी खेले भने  हरप्रित सिंहले  ४१ रन बनाए । पन्जाबले अन्तिम ५ ओभरमा ४ विकेट गुमाउँदै  ९६ रन बनाएको थियो । त्यस्तै अथर्व ताईडे २९ रन बनाई आउट भए भने प्रभशिमरन सिंहले २६ र जितेश शर्मा २५ रन बनाए ।

मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान २-२ विकेट लिए भने जेसन बेहरानड्रफ, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करको भागमा समान १-१ विकेट रह्यो  ।

पन्जाबले दिएको २१५ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन मात्र बनायो । मुम्बईका लागि सुर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय पारी खेल्दै क्रमश: ६७ र ५७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

मुम्बईलाई जितको लागि अन्तिम ओभरमा १६ रन आवश्यक रहेको बेला अर्शदीप सिंहले दुई रन खर्चेर दुई विकेट लिएपछि पन्जाब विजयी भएको हो ।

यस्तै ओपनर तथा कप्तान रोहित शर्माले ४४ र टिम डेभिड २५ रनमा अविजित रहे । पन्जाबका लागि अर्शदिप सिंहले ४ विकेट लिए भने लियम लिविंस्टोन र नाथन एलिसको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै पन्जाब ७ खेलमा ४ जित र ३ हार सहित ८ अंक जोड्दै  पाँचौ स्थानमा उक्लिएको छ भने ६ खेलमा ३ हार र ३ जित सहित ६ अंक जोडेको मुम्बई सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.