क्रिकेटखेल

एसिसी प्रिमियर कपमा ओमान विजयी, मलेसिया ८ विकेटले पराजित 

एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमानले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

एसिसी प्रिमियर कप

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमानले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो ।

ओमानका लागि  जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनले एक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित उक सय एक रनको योगदान गरेका हुन । त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए । बलिङतर्फ ओमानका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई-दुई विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.