क्रिकेटखेल

आइपिएलमा राजस्थानको सातौं जित, मुम्बई ९ विकेटले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले सातौं जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै राजस्थानले प्रतियोगितामा सातौं जित हासिल गरेको हो ।

आइपिएलमा राजस्थानको सातौं जित, मुम्बई ९ विकेटले पराजित   

जारी सिजनमा मुम्बईको भने यो पाँचौं हार हो । राजस्थानको घरेलु मैदान जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले भने नेहल वाधेराले ४९ रन जोड्दा मोहम्मद नावीले २३ रन बनाए ।

त्यस्तै सुर्यकुमार यादव र हार्दीक पाण्ड्याले समान १०-१० रन जोडे । राजस्थानका लागि सन्दीप शर्माले ५ विकेट लिँदा ट्रेन्ट बोल्टले २ तथा आभेष खान र युजेन्द्र चाहलले समान १-१ विकेट लिए । मुम्बईले दिएको १ सय ८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी हुँदै १ विकेट गुमाएर पूरा गर्‍याे ।

राजस्थानको लागि ओपनर यश्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्काको सहयोगमा अविजित रहँदै १ सय ४ रनको शतकीय पारी खेले भने जोस बटलरले ३५ रन जोड्दा कप्तान सन्जु स्यामसन ३८ रनमा अविजित रहे । मुम्बईका लागि पियुष चावलाले १ विकेट लिए ।

जितसँगै राजस्थान ८ खेलमा सातौँ जितसहित १४ अङ्क जोड्दै शीर्ष स्थानमा छ भने समान खेलमा ६ अङ्क जोडेको मुम्बई सातौँ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स नेपाली समय अनुसार राति ७:४५ बजे चेन्नईमा भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.