जल/वातावरण
भोजपुरमा एकजनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४८
भोजपुरका एक युवामा कोरोना संक्रमणको पुष्टि भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २६७ वर्षीय युवकमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

नेपालमा कोरोना संक्रमितहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।
बिहिबार नै उदयपुर र जनकपुरमा एकएकजना संक्रमित भेटिएका थिए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।
बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्