सूचना/प्रविधि

चीनले गर्‍यो कोरोना भ्याक्सिनको बाँदरमा सफल परीक्षण

विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको उदगमस्थल चीनले कोरोनाबिरुद्धको भ्याक्सिन बाँदरमा सफल परीक्षण गरेको छ । वैज्ञानिकहरुले खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।

चीनको बेइजिङस्थित साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको र १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको जनाएको छ । साइनोभ्याकले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर एउटा पनि बाँदरमा कोरोना संक्रमण देखिएन ।

साइनोभ्याकका डाइरेक्टर मेंग विनिङले दिएको जानकारी अनुसार सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण देखिएन । थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखियो । तर त्यसलाई पनि नियन्त्रणमा लिइयो ।

खोप परीक्षणका लागि पहिले बाँदरलाई पहिले कोरोना भाइरसबाट संक्रमित गराएर त्यसपछि त्यही बाँदरको रगतबाट खोप बनाएर त्यसलाई अर्को बाँदरमा प्रयोग गरिएको बताइएको छ ।

चीन, इटली, स्वीटजरल्याण्ड, स्पेन र बेलायतका कोरोना भाइरस संक्रमित बिरामीहरुमा पनि परीक्षण गरिएको छ । परीक्षणको क्रममा एन्टीबडीले कोरोना भाइरसको स्ट्रेनलाई निष्कृय बनाएको पाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.