जन सरोकार

सन्दर्भ गोरखा भूकम्पको पाँच वर्ष : अग्ला भवनहरु कति सुरक्षित (भिडियोसहित)

विसं २०७२ वैशाख १२ गतेको मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पको कहर अहिलसम्म हटिसकेको छैन । भूकम्प गए लगत्तै भवन निर्माणमा सबैले एउटै आवाज र प्रतिबद्धता जनाए तर अहिले त्यो सबै बिर्सिएका छन् ।

नौ हजार मानिसको मृत्यु, आठ लाख निजी घर ध्वस्त भएको भूकम्पले २२ हजार मानिस घाइते भएका थिए । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो ।

भूकम्पले सात हजार ५५३ विद्यालय, ९२० सांस्कृतिक सम्पदा, एक हजार १९७ स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, सुरक्षा निकायका १९४ संरचना, ७६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो । अहिले पुनःनिर्माण जारी छ ।

तर, पुनःनिर्माण र नयाँ संरचना निर्माणमा कति ध्यान दिइएको छ भन्ने प्रश्न अहिले पनि उठिरहेको छ । विशेष गरी राजधानी उपत्यकमा भूकम्पीय सुरक्षा मात्र हैन अन्य विपत्तिमा समेत सुरक्षाका उपाय अपनाउन मुस्किल हुने गरी गगन चुम्बी भवन बनिरहेका छन् । देशका ठूला शहरहरुमा पनि यस्तै अवस्था छ ।

भूकम्पीय जोखिम, आगलागी जस्ता विपत्तिबाट बच्न अपनाउनुपर्ने उपायहरु नअपनाइ भूकम्पको केही समयपछि नै त्यस्ता संरचनाहरुको निर्माण हुँदा जोखिम न्यूनिकरणको प्रयास निरर्थक भएको विज्ञहरुको भनाई छ । यस्तो चिन्ता काठमाडौं उपत्यकामा बढी जनाउन थालिएको छ ।

उपत्यकाको कमजोर धरातलका कारण यहाँ गगनचुम्बी भवन बनाउनु हुँदैन भन्नेमा सबै जानकार भए पनि त्यसको वेवास्ता गरिएको छ । अग्ला भवनहरु भूकम्पीय दृष्टिले मात्र हैन आगलागी भएमा कसरी सुरक्षित हुने भन्ने चिन्ता यतिबेला उत्पन्न भएको छ । तर, विज्ञहरुको सुझाव, विपत्तिबाट बच्ने स्रोत साधनको अपर्याप्तताकाबीच काठमाडौंमा गगनचुम्बी भवन बन्न थालेका छन् ।

अग्ला भवन बनाउन नहुने र नदिने भन्दै गरिएका गफ हावादारी सावित भएको छ । अहिले १२ देखि १३ तलासम्मका कैयौँ आवसीय हाउजिङहरु सञ्चालनमा छन् । अझ २३ तला सम्मको अग्लो भवन निर्माणका लागि अनुमति दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.