खेल

त्रिदेशीय टी २० फाइनल- नेपालद्वारा नेदरल्याण्ड्स सामु दुई सय ३९ रनको चुनौति

काठमाडौंमा जारी त्रिदेशीय टी २० श्रृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई विशाल रनको चुनौति दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको छ ।

नेदरल्याण्ड्सका बलरहरुमाथि पूरै हावी भएको नेपालको सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेल र कुशल मल्लले अद्र्धशतक बनाए भने दीपेन्द्र सिं ऐरी अद्र्धशतक बनाउन दुई रनले चुके ।

प्रतियोगिताको सुरुवातदेखि नै प्रभावशाली ब्याटिङ गर्दैआएको नेपालले आज टी २० प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर बनाउन सफल भएको छ ।

नेपालका लागि कुशल भुर्तेलले ७७, कुशल मल्ल ५०, दीपेन्द्र सिं ऐरी ४८, कप्तान ज्ञानेन्द्र मल्ल ३३, आशिफ शेखले १६ रन बनाए भने नेपालले १३ अतिरिक्त रन पाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.