जल/वातावरण

२४ घण्टामा १४ जनाको मृत्यु दुई हजार छ सय १८ जना थप संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या जसरी बढिरहेको छ संक्रमितहरुको मृत्यु पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकोको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.