राजनीति

तनहुँमा डा. स्वर्णिम वाग्लेको मतान्तर अरु फराकिलो, बारामा उपेन्द्रको सुरुवाती अग्रता

आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार सुरुवातदेखि नै अग्रता लिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

पछिल्लो परिणामा अनुसार डा. वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनालले प्राप्त गरेको मतभन्दा बढीले अग्रता लिइरहनुभएको छ ।

ताजा स्थितिमा डा. वाग्लेले १५ हजार १ सय ३५ मत पाउनुभएको छ भने कांगेसका भट्टराईले ८ हजार ७ सय ३१ र नेकपा एमालेका खनालले ४ हजार ९ सय ९९ मत पाउनुभएको छ ।

बारा क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । मतगणनामा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले सुरुवाती अग्रता लिनुभएको छ ।

ताजा स्थितिमा यादवले २ सय ३४ मत पाउनुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले १ सय ८८, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ सय ५२ र रास्वपाका रमेश खरेलले ८९ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.