राजनीति

ठूला राजनीतिक दलप्रति जनताले चासो दिएनन्, पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता छ

वैशाख १० गते भएको उपनिर्वाचनको मतगणना जारी छ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ४० प्रतिशतको हाराहारीमा मतगणना भैसकेको छ भने बारा र चितवनमा सुरु भएको छ ।

तनहुँ १ को मतपरिणाम ठूला र सत्ता गठबन्धनले सोचेकोभन्दा फरक आएको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले सत्ता गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले अघि रहनुभएको छ ।

यसबीचमाा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ ।

सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।

सो बैठकमा पार्टी सभापति देउवाले आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राख्दै अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने सुझाव दिनुभयो ।

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.