क्रिकेटखेल

स्टोइनिसको सानदार शतकमा लखनउको पाँचौं जित, चेन्नई ६ विकेटले पराजित  

स्टोइनिसको सानदार शतकमा भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिल)मा लखनउ सुपर जायन्ट्सले पाँचौं जित निकालेको छ  । मंगलबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै लखनउले प्रतियोगितामा पाँचौं जित निकालेको हो ।

जारी सिजनम चेन्नईको भने यो चथों हार हो । चेन्नईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका लागि कप्तान ऋतुराज गायकवार्डले ६० बलमा १२ चौका र तीन छक्काको मद्दतमा अविजित रहँदै १०८ रनको शतकीय पारी खेले भने शिवम् दुबेले २७ बलमा सात छक्का र तीन चौकाको मद्दतमा ६६ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै रविन्द्र जडेजाले १६ तथा एक बल खेलेका महेन्द्रसिंह धोनीले चार रन बनाएका थिए । लखनउको लागि म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले समान १-१  विकेट लिए । घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । लखनउका लागि मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय पारी खेले भने निकोलस पुरनले ३४ रन बनाए ।

यस्तै दिपक हुडाले १७ रन जोड्दा केएल राहुलले १६ र देवदत्त पड्डिकलले १३ रन बनाए । चेन्नईको लागि मथिसा पाथिरानाले दुई विकेट लिँदा दिपक चहर र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए । जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.