जापान

कोरोना संक्रमितमध्ये १० प्रतिशत अस्पताल सम्बद्ध, स्वास्थ्य प्रणाली ठप्प हुने चेतावनी

जापानमा कोरोना भाइरस संक्रमितमध्ये १० प्रतिशत अस्पताल वा चिकित्सक क्षेत्रका रहेको एक सर्वेक्षणले देखाएको छ । चिकित्सा सेवामा देखिएको संक्रमणको यो दर अरु बढ्दै गएमा जापानको स्वास्थ्य प्रणाली ठप्प हुनसक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

एनएचकेले गरेको सर्वेक्षण अनुसार संक्रमित लगभग १० प्रतिशत मानिस अस्पताल वा अन्य चिकित्सा सेवामा संक्रमित भएका हुन् । मंगलबारसम्म देशभर ६० चिकित्सा निकायमा संक्रमणको पुष्टि भएका र शंंकास्पदको संख्या एक हजार ८६ रहेको छ ।

संक्रमितमध्ये ५ सय १३ चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सामेल छन् भने ५ सय ३४ सामान्य रोगी र ३४ जना रहेका छन् । अस्पतालमा भएको संक्रमितमा राजधानी टोकियो सबैभन्दा अगाडि रहेको छ ।

टोकियोमा ४ सय ४५ जना अस्पताल सम्बन्ध संक्रमित रहेका छन् । त्यसै गरी ओशाकामा १ सय ५५ रहेका छन् भने त्यसपछि होक्काइदो, फुकुओका। ह्योगो र साइतामा प्रान्तमा रहेका छन् ।

स्वास्थ्य सेवा निकायहरुमा भएको संक्रमणको वृद्धिका कारण कतिपय अस्पतालले बाहिरका बिरामीहरुको उपचार बन्द गर्नुका साथै अन्य सेवा पनि कम गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.