राजनीति

सरकार तत्काल देशव्यापी लकडाउन गर्न नपरोस् भन्नेमा छ : मन्त्री ज्ञवाली

कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण व्यापक भैरहेको र कोभिड अस्पतालका शैयाहरु भरिएर उपचारकै अभाव हुन थालेको छ । चिकित्सक तथा जनस्वास्थ्यविद्हरु निश्चित समयसम्म देशभर लकडाउन गरेर संक्रमणको चेनब्रेक गर्न सुझाव आइरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले अहिले तत्काल देशव्यापी लकडाउन नगरी सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्न आग्रह गर्ने नीति रहेको बताउनुभयो ।

उहाँले कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि तत्काल देशभर लकडाउनको सम्भावना नरहेको जनाउँदै बल्ल उठ्न थालेको अर्थतन्त्रलाई ख्याल गर्दै तत्काल राष्ट्रिय रूपमा लकडाउन नगर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो । लकडाउन समाधान हैन । अहिले भर्खर अर्थतन्त्र तंग्रिन थालेकाले सकभर अर्थतन्त्रमा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना हो ।

लकडाउन आफैंमा अन्तिम समाधान भएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो यसले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो तर भर्खर–भर्खर तंग्रिन लागे अर्थतन्त्र ध्वस्त हुन्छ ।

यस्तो स्थितिमा सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउन चाहिँ हुँदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.